जेष्ठ १ गतेदेखी झापामा कडा निषेधाज्ञा जारी

 लिम्बुवान न्युज
                       

दमक/ झापामा कोरोना संक्रमण धेरै नै बढ्न थालेपछि झापामा कडा निषेधाज्ञा जारी भएको छ । जेठ १ गते देखि लागु हुने गरी जारी भएको निषेधाज्ञामा अत्यआवश्यकीय तोकिएको बाहेकका सबै व्यवसाय ठप्प हुनु पर्ने छ । जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मलाई कडा निषेधाज्ञा जारी गरेको हो ।

हरियो तरकारी लगायत दुग्धजन्य सामाग्रिहरु आवश्यक मापदण्ड पालना गरेर विहान ८ बजेसम्ममा होम डेलीभरी गरिसक्नु पर्नेछ । यसका लागि स्थानीय सरकार र उद्योग बाणिज्य संघसंग समन्वय गर्न भनिएको छ । औषधि तथा स्वास्थ्यजन्य र ग्याँस बाहेकका अब सबै पसलहरु तथा ब्यापार बन्द रहनेछन् ।

सवारी साधन सञ्चालनमा सरकारी, गैह् सरकारी र नीजि सवारी साधनलाई पनि कडाई गरिने निषेधाज्ञामा उल्लेख छ । विहान कार्यालय समयभन्दा एकघण्टा अगाडि देखि दुईघण्टाभित्र र कार्यालय समापन समयमामात्र सरकारी सवारी साधन सञ्चालन गर्न आदेशमा भनिएको छ ।

अब बैक तथा बित्तिय संस्था पनि हप्तामा दूई दिनमात्र खुल्ला रहन पाउनेछन् । भिडभाड र जोखिमलाई कम गर्नका लागि एकसाताको यो निषेधाज्ञा पुर्ण रुपमा लागु गराउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकोरवालाहरुलाई निर्देशन पनि दिएको जनाईएको छ ।

जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी)को बैठकमा सहभागिहरुले अहिलेसम्मको निषेधाज्ञाको समिक्षा गर्दै यसलाई कडाई गर्नु पर्नेमा जोड दिएका थिए । जिल्लामा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट लकडाउनको माग जिल्लामा भईरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;