दमकमा आज ८८ जना कोरोना संक्रमण पुष्टि, जेष्ठ १ देखि पूर्ण लकडाउन

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा आज (बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससंगै झापामा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३० जना पुगेको उल्लेख छ । त्यसैगरी आज जिल्लामा ५ जनाको मृत्यु भएको छ । एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएका ३ जना र पीसिआर परिक्षण मार्फत संक्रमण पुष्टि भएका गौरीगञ्ज ६ का एक जना र कन्काई ७ का एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

दमकमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि नगरपालिकाले आगामी १ जेठ (शनिबार) देखि लागू हुने गरी पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको जनाएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । उनले १ गतेदेखि दमकमा कुनै पनि व्यवसाय खोल्न र हिंडडुल आदि बन्द गर्ने बताए । वित्तिय संस्थाहरु सातामा दुई दिन मात्रै खुल्ने बताए ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख गीता अधिकारीको भनाई छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...