आज मुस्लिमहरुकाे पर्व रमजान, प्रधानमन्त्रीद्वारा शुभकामना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आर्ज विश्वभरीका मुस्लिमहरु धुमधामसँग मनाउन जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भने पनि भनिन्छ ।

यो पर्वका लागि मुसलमानहरु एक महिनासम्म रोजा उपावास बस्ने गर्दछन् । नेपाली क्यालेण्डर अनुसार नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास मुसलमानहरु गर्ने गर्दछन् ।

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन रहेको छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै ईस्लाम धर्मावलम्बीहरुको इद उल फित्तरको शुभकामना व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले विभिन्न धार्मिक तथा सांस्कृतिक पहिचानहरु यो देशको मौलिक पहिचान भएको भन्दै जातीय सदभाव र राष्ट्रिय एकतालाई कायम गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउन सबै एकजुट हुन समेत अपिल गरेका छन् । त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै संक्रमितहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु – प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...