केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, २ बजे शपथ

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली पुनः तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहबिार राती संविधानको धारा ७६ (३) अनुसार मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले आज (शुक्रबार) २ बजे शपथ गर्ने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ । सपथसँगै उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार नै प्रम ओलीले मन्त्री मण्डल विस्तार गर्ने तयारी रहेको बालुवाटार स्रोतको भनाइ छ । आजै हुने मन्त्री मण्डल विस्तारमा एमालेकै असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई पनि समेटिने तयारी रहेको छ ।

हिजो बिहीबार राति ९ बजेको समयसीमा तोकेर संविधानको धारा ७६ (२) अनुसार प्रधामन्त्रीका लागि दावी गर्न दलहरुलाई दिइएको समयसीमा सकिएलगत्तै राष्ट्रपति भण्डारीले धारा ७६ (३) अनुसार संसदमा रहेका मध्येको ठूलो दलका नेताका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी हुन् । अब उनल ३० दिन भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

यसअघि सोमबार संसदमा विश्वासको मत पाउन नसक्दा ओली स्वतः पदमुक्त भएपछि दलहरुबीच संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि राजनीतिक कसरत भएको थियो ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनकै पार्टी र नेकपा माओवादी र जसपाको उपेन्द्र–बाबुराम पक्ष लागे पनि एमालेका असन्तुष्ट माधव नेपाल समूह र जसपाका महन्थ–राजेन्द्र पक्षले अन्ततः ओलीकै पक्षमा उभिएदिएपछि संसदीय गणित अपुग भएको थियो भने विभिन्न राजनीतिक प्रयासका बीच समय घर्किएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;