लिम्बुवानखबर। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।
बिहीबार कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepalicongress.org मा सार्वजनिक गरेको हो ।
सुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले यही वैशाख ६ गते गरेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा info@nepalicongress.org यस इमेल मार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बताएको छ । समितिले कम्प्युटरमा इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ ।