७३ जिल्लामा निषेधाज्ञा, ४ जिल्ला निषेधाज्ञा हुन बाँकी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण गाउँगाउँसम्म पुगेसँगै सरकारले निषेधाज्ञा जारी गरेको हो ।

गृह मन्त्रालयका अनुसार ४ वटा जिल्लाहरुमा मात्र निषेधाज्ञा गर्न बाँकी रहेको छ । तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व अहिलेसम्म निषेधाज्ञा नभएका जिल्लाहरु हुन् । अन्य ७३ वटा जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । बिहिबार मात्र हिमालपारिको जिल्ला मुस्ताङमा पनि निषेज्ञाधा लागू गरिएको छ । आत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ ।

पहिलाको भन्दा दोस्रो लहरको कोभिड–१९ को भेरियन्ट अलि कडा प्रकारको भएको स्वास्थ्य मन्त्रालयले जनाएसँगै मृतकको संख्यापनि दिनानु दिन थपिदै जाने क्रममा रहेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । सरकारले संक्रमणलाई थप नियन्त्रण गर्न जिल्ला अनुसार आमशिक र पूर्ण निषेधाज्ञा जारी गरेको हो ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...