राप्रपाको महाधिवेशन अनिश्चितकालको लागि स्थागित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा गर्ने गरि हाललाई स्थगित गरेको हो ।

कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको राप्रपाले जनाएको छ । राप्रपाको महाधिवेशन पटकपटक स्थगित भईरहेको छ । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै जेठ २२–२५ मा गर्ने तय भएपनि नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण स्थगित गरेको बताएको छ ।

साथै आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन दिएको छ । यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ ।

कोरोना संक्रमितहरुको लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...