लिम्बुवानद्वारा निःशुल्क माक्स र सेनिटाइजर वितरण

 लिम्बुवान न्युज
                       

याङवरक/ पान्थरको याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल याङ्वरक कार्य समितिले निःशुल्क माक्स र सेनिटाईजर वितरण गरिएको छ । आज “कोरोनाबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ” भन्ने नारा सहित याङवरकको दारिम्बा देखि गणेश चोकसम्म प्रहरी चौकी नागी थर्पुको समन्वयमा माक्स तथा सेनिटाईजर वितरण गरिएको हो ।

मञ्चका याङ्वरक उपाध्यक्ष दिल कुमार लक्सम, पोलिस्टार तावा, प्रहरी चौकी नागी थर्पुका ईन्चार्ज भिमराज थेबे, सचिव हेमराज योङहाङ, गणेश चोक ट्राफिक बिटका प्रहरी, खेल विभागका संयोजक अमृत योङहाङ लगायत युवा नेताहरुको अगुवाईमा वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

थर्पु चाैकीका इन्चार्जलाइ माक्स र सेनिटाइजर प्रदान गर्दै मञ्चका उपाध्यक्ष पाेलिष्टार तावा

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पुनः फैलिरहेको हुँदा सर्वसाधरणमा निशुल्क माक्स र सेनिटाईजर वितरण गर्दै आवश्यक काम बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन, माक्स लगाउन, सामाजिकदुरी कायम राख्न, सेनिटाईजर प्रयोग गर्न र भिडभाड नगर्न जनचेतनाको लागि माइकिङसमेत गरिएको उपाध्यक्ष तावाले बताए ।

उपाध्यक्ष तावाका अनुसार गणेश चोक ट्राफिक प्रहरी बिट र प्रहरी चौकी नागी थर्पुलाई समेत मास्क साथै सेनिटाइजर प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...