लायन्स क्लब अफ दमक गरिमाको अध्यक्षमा नविन अग्रवाल

,   लिम्बुवान न्युज
                       

दमक/ लायन्स क्लब अफ दमक गरिमा बर्ष २०२१÷०२२ को अध्यक्षमा नविन अग्रवाल चयन भएका छन् । क्लबको नेतृत्व सम्महालेका अग्रवाल दमकका स्थापित युवा व्यवसायी हुन् ।

दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य अग्रवालको अध्यक्षमा चयन भएको समितिको पदाधिकारीहरुसहित अन्य विभिन्न विभागीय जिम्मेवारीहरुको बाँडफाँड गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा मुकुन्द आचार्य, द्धितीय उपाध्यक्षमा रेवत बस्नेत, तृतीय उपाध्यक्षमा जिवन चौहान र कोषाध्यक्षमा ख्याम प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा विशाल विष्ट, सचिवमा दिनेश सुवेदी, सहसचिवमा गोपाल काफले, क्लब डाइरेक्टरमा भोला बराल र दिपेन्द्र ढुंगेल, क्लबको सल्लाहकारमा राजकुमार थापा रहेका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार गुप्ता, पंकज अग्रवाल, ओम पोखरेल, दिनेश अधिकारी, र नारायण गौतम रहेका छन ।

त्यसैगरी विभिन्न विभागीय जिम्मेवारीहरु प्रदान गर्ने क्रममा देवी प्रसाद कोइरालालाई स्थानीय तह समन्वय संयोजक, लक्की सिटौलालाई क्लब मेम्बर चियर पर्सन, सागर श्रेष्ठलाई सर्भिस को–अर्डिनेर, केशव अग्रवाललाई लायन्स फाउण्डेशन संयोजक, इन्द्र बहादुर बोहोरालाई जनसम्पर्क संयोजक, पंकज शर्मालाई मार्केटिङ कोअर्डिनेटर र विष्णु पौडेललाई सञ्चार समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;