आजबाट ताप्लेजुङमा एकहप्ता निषेधाज्ञा थप

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । जेठ २ गतेसम्मको निषेधाज्ञा सकिएपछि ३ गतेदेखि १० गते सम्म एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

दुई हप्तादेखि जारी निषेधाज्ञाको अवधि दोश्रो तेस्रो पटक थप गरिएको हो । जिल्लामा दिनानुदिन संक्रमण तिव्ररुपमा फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्बा, सिस्ने, फक्ताङलुङ गाउँपालिका ३ लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो, कामी डाँडा, काबेली खोला र मेरिङदेन गाउँपालिका भित्र समेत निषेधाज्ञा लागु हुने जिल्ला प्रशासनले जनाएको छ ।

सदरमुकाममा संक्रमण बढेसँगै संक्रमणबाट आफु बच्न र अरुलाई बचाउँन निषेधाज्ञालाई पुर्णरुपले पालना गर्न प्रशासनले अनुरोध समेत गरेको छ । अति आवस्यक बाहेकका काममा बाहिर हिडडुल नगर्न सर्वसाधरण सबैलाई अनुरोध गरिएको प्रजिअ पाण्डेले बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...