एजेन्सी ।१२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल गरि लिभरपुलको जित पक्का गरेका हुन् । लिभरपुलका लागि सन् १८९२ पछि १२९ बर्ष पछि गोलकिपरले निर्णायक गोल गरेका हुन् ।
घरेलु टोली वेष्ट ब्रोमसँगको सो खेलमा १५ औँ मिनेटमा रोब्सन कानुले गोल गरि घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । मोहम्मद सालहले लिभरपुलका लागि ३३ औँ मिनेटमा बराबरी गोल गरे ।
लिभरपुलको १२९ वर्षको इतिहासमा कुनै पनि गोलरक्षकले महत्वपूर्ण प्रतिस्पर्धात्मक खेलमा गोल गरेका थिएनन् । एलिसन प्रिमियर लिगमा गोल गर्ने छैटौँ गोलरक्षक बनेका छन् । र हेड मार्फत गोल गर्ने पहिलो हुन् ।
खेल लगत्तैको अन्तर्वार्तामा एलिसनले आफ्ना पितालाई सम्झिँदै भने, ‘आश छ कि उहाँ यहिँ हुनुहुन्थ्यो मेरो खेल हेर्नका लागि, उहाँले यो क्षण भगवानको साथमा सेलिब्रेट गरिरहनु भएको छ भन्ने विश्वासमा छु ।’ एलिसनका ५७ वर्षे पिताको गएको फेब्रुअरीमा ब्राजिलमा आफ्नो बिदा मनाउने घर नजिकैको बाँधमा डुबेर निधन भएको थियो ।
जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ । पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ । चौथो स्थानको चेल्सीको ६४ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ । यी दुई टिमबीच आगामी लिग खेलमा प्रतिस्पर्धा हुनेछ। जसको फाइदा लिभरपुललाई हुँदैछ ।
साेसल मिडियामा भाइरल भएकाे भिडियाे तल हेर्नुहाेस्ः
दमक, १४ असोज । झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...
दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...
दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...
ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...