मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी १ को मृत्यु

 लिम्बुवान न्युज
                       

मेचिनगर।  झापाको मेचिनगर नगरपालिका–९ का अन्दाजी ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

योसँगै झापामा एक हप्तामा २ जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गत वैशाख ३० गते विहान ५ बजे मर्निङ्वाक जाने क्रममा केर्खा शहिद गेट उत्तरमा कमल ३ का जीतबहादुर खोयाहाङ् लिम्बुको हात्तिकाे आक्रमणबाट निधन भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;