दमकमा एक कोरोना संक्रमितको निधन

 लिम्बुवान न्युज
                       

दमक/ दमक ५ मा आज मंगलबार बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक ५ स्थित हरिओमँ कोलनीमा बस्ने अन्दाजी ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार ति महिलामा करिब ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको गुरुङले बताए ।

कन्काई नदीमा उनको आजै दाहसंस्कार गरिएको छ । यस अघि दमकमा दोश्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ८ जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...