लमजुङमा दुई पटक भूकम्पको धक्का

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। आज लमजुङ केन्द्रबिन्दु भएर भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार विहान ५ः४२ बजे ५.८ म्यानिच्यूडको भुकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा पुन दोस्रो पटक ५.३ म्याग्निच्यूडको भुकम्प गएको थियो ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको जनाइएको छ । बुधबार बिहान गएको दुवै भुकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

प्रारम्भिक सूचनाअनुसार लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो । थप क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;