दमकमा नयाँ संक्रमित ७२ जना, सक्रिय संक्रमित संख्या ६२५ पुग्यो

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा नयाँ भेरियन्टसहितको संक्रमण द्रुत रुपमा फैलिएको पाइएको छ । गएको सोमबार बेलडाँगीस्थित कोभिड उपचार केन्द्रमा संकलन गरिएको नमुनाको परिक्षण रिपोर्ट अनुसार संक्रमितको दर उच्च देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार त्यहाँबाट ९८ जनाको नमुना संकलन गरेर पठाइएकोमा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यसबाहेक अन्य प्रयोगशालाहरुमा भएको परिक्षणको रिपोर्ट अनुसार अन्य १७ जना थपिँदा दमकमा आज एकैदिन संक्रमण पुष्टि हुनेको संख्या ८९ पुगेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले ४२ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको जनाए । यससंगै दमकमा सक्रिय संक्रमितको संख्या ६२५ पुगेको छ । अहिले सम्म ७२३ जनामा संक्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...