आजबाट दमकमा कोभिड १९ आईसुलेसन सेन्टर शुरु

 लिम्बुवान न्युज
                       

दमक/ दमक नगरपालिकाद्वारा बेलडाँगीमा संचालित कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसुलेसन सेन्टर आजबाट शुरु भएको छ । दमक उद्योग बाणिज्य सघ, दमकका लायन्स क्लवहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको प्रमुख संयोजनमा आईसुलेसन सेन्टर बनेको हो ।

शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रोमनाथ ओलीले नगरबासीको स्वास्थ्य सुरक्षामा आफुहरु सधै लागि परेको जनाउदै सबैको सहकार्यमा कोरोना विरुद्धको लडाई लडनु पर्ने अवस्था आएको बताए ।

दमकमा सामाजिक संघसस्थाहरुको सक्रियता र यो विपतमा देखाएको सहयोगको भावना बिर्सन नसकिने किसिमको रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् । शुक्रबार बेलडाँगीमा कोभिड उपचार केन्द्र नजिकै रहेको भवनमा आईसुलेसन सेन्टर संचालनमा आएको हो ।

लायन्स लिडर अजय अग्रवालले सामुहिक प्रयासका कारण छोटो समयमा आईसुलेसन सेन्टर बनेको बताए । उनले यसमा लागि पर्ने लायन्स लिडर तथा लायन्सकर्मी र बिभिन्न सघसंस्थाहरुप्रति आभार प्रकट गर्दै लायन्स मानवीय सेवामा सधै संगै रहेको जनाए ।

लायन्स लिडर ज्ञानु पौड्यालका अनुसार तयार भएको आईसुलेसन सेन्टर सरसफाईदेखि लिएर यसलाई सुविधायुक्त बनाउनका लागि लायन्सकर्मीहरु भोकपानी नभनी निरन्तर खटेका कारण सम्भव भएको जनाए । यसमा सबैको साथ पाएको भन्दै सबैप्रति आभार पनि प्रकट गरे ।

(तस्वीरः विष्णु पोखरेल, प्रभावकारी डटकमबाट)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...