काठमाडौं । राष्ट्रपतिले मध्यरातमा गरेको संसद विघटन विरुद्ध विपक्षी गठबन्धनमा रहेका दलहरू अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव–झलनाथ समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको संयुक्त वैठकले संसद बिघटनले संविधानको मर्म र भावना माथि नै प्रहार गरेको ठहर गरेको छ ।
आज बसेकाे पाँच दलकाे बैठकले एक संयुक्त प्रेसविज्ञप्ति निकाल्दै संसद विघटनको विरुद्ध सबै प्रतिवाद गर्न एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् ।
विज्ञप्ति हेर्नुहोस्ः
