वडाध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन

 लिम्बुवान न्युज
                       

झापा। झापाको मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट निधन भएको छ । विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ः३० बजे निधन भएको हो ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालका अनुसार कोरोना संक्रमणले स्वास्थ्यमा समस्या गत वैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेचे काँग्रसको भातृ संगठन आदिबासी जनजाती संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफातका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए । मेचेका एक श्रीमती तीन छोरा र एक बुहारी छन् । मृतक वडाध्यक्षको आजै स्थानीय निन्दा नदीमा अन्तिम दाहसंस्कार गरिन नगरपालिका स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...