लिम्बुवानखबर, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट आएको सिफारिसको आधारमा नेपाल नागरिकता पहिलो संशोधन २०७८ अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था रहेको छ । मधेशकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएर राष्ट्रपति समक्ष पेश भएको थियो ।
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा विगत दुई वर्षदेखि छलफलका क्रममा रहेको थियो । राष्ट्रपतिले नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यायदेश जारी गरेकी हुन् ।
विज्ञप्ति
