आज थपिए ७९१४ जना नयाँ कोरोना संक्रमित

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।

आज देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । आज प्राप्त जानकारी अनुसार ७ हजार ६६४ जनाले कोरोना जितेका छन् ।

जिल्लागत संक्रमितको विवरण हेर्नुहोस्ः

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १,७६१, ललितपुरमा ६९४, रूपन्देहीमा ४२९, मोरङमा ३८३, भक्तपुरमा ३६६, बर्दियामा २७१ र सुर्खेतमा २३९ जनामा कोरोना देखिएको छ ।

यस्तैगरी काभ्रेपलाञ्चोकमा १७२, बारामा १५७, सिन्धुपाल्चोकमा १५५, झापामा १४८, बाँकेमा १३७, म्याग्दीमा १४४, कपिलवस्तुमा १३२, सुनसरीमा १२१, मकवानपुर र स्याङ्जामा ११२÷११२ जना र दाङमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यैगरी १०० भन्दा कम सक्रमित हुने जिल्लाहरुमा धनुषा र अछाममा ९६÷९६ जना, सिरहामा ८६, पाल्पामा ८०, धादिङमा ६७, तनहुँमा ६४, गुल्मीमा ६३, महोत्तरीमा ६०, सप्तरीमा ५९, गोरखामा ५८, नवलपरासी पूर्वमा ५३, डोटीमा ५२, कैलालीमा ५०, सल्यानमा ४९, उदयपुरमा ४८, रामेछापमा ४१, नवलपरासी पश्चिममा ४०, बागलुङमा ३९, नुवाकोट र कालीकोटमा ३८÷३८ जना, पर्सामा ३७, कञ्चनपुरमा ३६ र लमजुङमा ३२ जना कोरोना संक्रमित पाइएको छ ।

यस्तै अन्य जिल्लाहमा चितवनमा २४, सर्लाहीमा २१, डडेल्धुरामा १८, इलाम र दोलखामा १४÷१४ जना, रोल्पामा १२, ताप्लेजुङ, रौतहट, सिन्धुलीमा १३÷१३ जना, बैतडीमा १०, डोल्पामा ९, खोटाङ, पर्वत र रूकुम पश्चिममा ८÷८ जना, ओखलढुंगा, धनकुटा, भोजपुर र जाजरकोटमा ६÷६ जना, पाँचथर र संखुवासभामा ५÷५ जना, सोलुखुम्बु र रसुवामा ४÷४ जना, तेह्रथुम, प्युठान, जुम्ला, दैलेख, दार्चुला र बाजुरामा ३÷३ जना, मुस्ताङमा २ तथा मुगु र बझाङमा १÷१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आजसम्ममा देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ३४९ जना र होम आइसोलेसनमा १ लाख ८ हजार १९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...