शहासी शेर्पा जसले चढे १६ बर्षकै उमेरमा संसारको अग्लो चुचुरो सगरमाथा

 लिम्बुवान न्युज
                       

(तस्वीरः मिरा आचार्यकाे फेसबुकबाट)

लिम्बुवानखबर। ताप्लेजुङको मैवाखोला ४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै संसारको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८ः५० बजे सोनाम र उनका पिता पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिएका हुन् ।

बाबुछोराले आरोहणका लागि यहि प्रा.लि.बाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने उनका बुबा गत वैशाख २४ गते अनुमति पत्र लिएर पुगेका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।

यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । आचार्यका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भएमा आधिकारिकता प्रदान गरिने छ ।

यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । १६ बर्ष मुनिकाले आरोहण गर्न नपाइने प्रावधान रहेको हुँदा १६ पुरा गरी नागरिकताको प्रमाणपत्र भएकाले मात्र सगरमाथा चढ्न पाउने पर्यटन विभागले बताएको छ । आरोही सोनामको सबै कागजात हेरेर छानबिन पछिमात्र प्रमाणपत्र दिईने आचार्यले भनिन् ।

विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै ताप्लेजुङबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिएका छन् ।

पर्यटन विभागका अनुसार यो बर्ष १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

 

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...