शहासी शेर्पा जसले चढे १६ बर्षकै उमेरमा संसारको अग्लो चुचुरो सगरमाथा

 लिम्बुवान न्युज
                       

(तस्वीरः मिरा आचार्यकाे फेसबुकबाट)

लिम्बुवानखबर। ताप्लेजुङको मैवाखोला ४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै संसारको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८ः५० बजे सोनाम र उनका पिता पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रा.लि.का प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिएका हुन् ।

बाबुछोराले आरोहणका लागि यहि प्रा.लि.बाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने उनका बुबा गत वैशाख २४ गते अनुमति पत्र लिएर पुगेका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।

यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । आचार्यका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भएमा आधिकारिकता प्रदान गरिने छ ।

यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । १६ बर्ष मुनिकाले आरोहण गर्न नपाइने प्रावधान रहेको हुँदा १६ पुरा गरी नागरिकताको प्रमाणपत्र भएकाले मात्र सगरमाथा चढ्न पाउने पर्यटन विभागले बताएको छ । आरोही सोनामको सबै कागजात हेरेर छानबिन पछिमात्र प्रमाणपत्र दिईने आचार्यले भनिन् ।

विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै ताप्लेजुङबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिएका छन् ।

पर्यटन विभागका अनुसार यो बर्ष १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...