मुटुरोगी लावतीलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ्। पाँचथरको मिक्लाजुङ ५ बस्ने मुटुरोगी कालेन्द्र लावतीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । पापोहाङ लाओती सयङ दक्षिण कोरियाको सहयोग अभियान मार्फत प्राप्त २ लाख १५ हजार रुपैयाँ  मुटु रोगी लावतीलाई हस्तान्तरण गरिएको हो ।

विगत केही महिनादेखि लावतीको मुटुमा रेयूमेटिक हर्ट डिजीज भई शल्यक्रिया गर्नु पर्ने भएको हुँदा आर्थिक अवस्था नाजुक भएको हुँदा आर्थिक सहयोगको अपिल गरिएको संयोजक गगन लावतीले बताए । हाल गंगालाल हृदयकेन्द्र काठमाडौंमा उपचार गराईरहनु भएका लावतीको उपचारका ५ लाख रुपैयाँ खर्च भईसकेको र अब अप्रेसन गर्न थप ५ लाख रुपैयाँको आवश्यकता रहेको संयोजक लावतीले बताए । हाल बिरामी काठमाडौंमै रहेको पनि संयोजक लावतीले बताए ।

संयोजक लावतीले पापोहाङ लाओती सयङ दक्षिण कोरियालाई सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरी विरामीका दिदी विमला लावतीले भाइकाे उपचारको लागि सहयोग गर्नुहुने सहयोगी मनहरुप्रति कृतज्ञा व्यक्त गरेकी छन् ।

यस्तैगरी विरामीको उपचारलाई सहज बनाउन जतिपनि सहयोग गर्नुहुने प्रति मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष अविसन लावतीले पनि आभार प्रकट गरेका छन् । पापोहाङ लाओती सयङ दक्षिण कोरियालाई हार्दिक धन्यवाद व्यक्त गर्दै वडाध्यक्ष लावतीले थप उपचारको लागि सहयोगी मनहरुलाई पुनः अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...