बंगालको खाडीमा शक्तिशाली चक्रवात आउँदै, सतर्क रहन मौसम विभागको आग्रह

 लिम्बुवान न्युज
                       

काठमाडौं । जल तथा मौसम विभागले बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज चक्रवातमा परिणत भई मंगलबारसम्ममा धेरै शक्तिशाली चक्रवात आउने जनाएको छ । यस चक्रवातको असर नेपालको विभिन्न स्थानहरुमा असर पर्ने सम्भावना रहेको विभागको भनाइ रहेकोछ ।

विभागले आज (सोमबार) जारी गरेको बुलेटिनमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेकोे छ । यस्तै उच्च हिमाली भूभागमा हावाहुरी आउन सक्ने सम्भावना रहेको हुँदा मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई हिमाल आरोहण गर्न विभागले अनुरोध गरेको छ । सो समयमा सतर्कता अपनाई सुरक्षित स्थानमा रहन पनि अनुरोध गरेको छ ।

न्यूनचापीयका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीे भई बागमती र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ । हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेको छ । विभागको बुलेटिनमा भनिएको छ ।

बुधबारदेखि देशका १, २ नम्बर प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम र भारी बर्षाको सम्भावना रहेको छ भने बिहीबारदेखि कर्णाली र सुदुर पश्चिमका केही स्थानमा समेत भारी बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै विभागले यस बर्ष मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना बढी रहेकोले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...