जापानमा आयोजित छैटौं सिल्भर रनिड कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टसले चुम्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जापानमा नेपाली समूदायबीच आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले चुमेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो ।

सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको थियो । यसरी नै उपविजेता गल्कोट समाजले २ लाख जापानी येन प्राप्त गरेको छ भने सेमिफाइनल पुगेका एनबिए जापान र एनवाईएफसी क्लब जापानले समान ५० हजार जापानी येन हात पारेका थिए ।

क्लबले आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा जापानस्थित साइतामामा आयोजित उक्त भलिबल प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । खेल नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महेन्द्र भण्डारी उत्कृष्ट स्पाइकर, राजा खत्री उत्कृष्ट ब्लकर, महेन्द्र सहानी उत्कृष्ट सेटर, राजन मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, मनोज केसी उत्कृष्ट क्विकर, विकास केसी उत्कृष्ट सर्भर, मनोज केसी उत्कृष्ट लिबेरो र देवेन्द्र खत्री एत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

(हाम्राेखेलकुद डटकमबाट)

 

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...