लिम्बुवानखबर। जापानमा नेपाली समूदायबीच आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले चुमेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो ।
सोमबार भएको फाइनलमा गल्कोट स्पोर्टस २५–१९,१७–२५ र २५–२० ले जितेको थियो । विजेता टोलीले उपाधिसहित ३ लाख जापानी येन प्राप्त गरेको थियो । यसरी नै उपविजेता गल्कोट समाजले २ लाख जापानी येन प्राप्त गरेको छ भने सेमिफाइनल पुगेका एनबिए जापान र एनवाईएफसी क्लब जापानले समान ५० हजार जापानी येन हात पारेका थिए ।

क्लबले आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा जापानस्थित साइतामामा आयोजित उक्त भलिबल प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । खेल नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महेन्द्र भण्डारी उत्कृष्ट स्पाइकर, राजा खत्री उत्कृष्ट ब्लकर, महेन्द्र सहानी उत्कृष्ट सेटर, राजन मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, मनोज केसी उत्कृष्ट क्विकर, विकास केसी उत्कृष्ट सर्भर, मनोज केसी उत्कृष्ट लिबेरो र देवेन्द्र खत्री एत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
(हाम्राेखेलकुद डटकमबाट)