महासंघलाई जिल्ला सहकारी संघ झापाद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

 लिम्बुवान न्युज
                       

तस्वीरः पूर्वाञ्चल दैनिक

विर्तामोड। जिल्ला सहकारी संघ, झापाले नेपाल पत्रकार महासंघ, झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आज (मंगलबार) बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा एक कार्यक्रमका बिच सामग्री प्रदान गरिएको हो ।

संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु दंगाल (भवानी) र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु गुणस्तरीय मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल तीन÷तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेका हुन् ।

सहकारी संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका झापाली पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले झापा जिल्लाका सुरक्षाकर्मीका लागि ६ लाख भन्दाबढीको सामग्री केही दिन अघि संघले हस्तान्तरण गरेको पनि जानकारी दिएका छन् ।

संकटको यो घडीमा सहयोग गरेकोमा महासंघका झापा अध्यक्ष गिरीले सहकारी संघलाई धन्यवाद दिदै सहकारी संघसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र संघका कार्यमा सहयोग गरेर जाने बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, सदस्य राजेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...