प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध झापाका नौ दल एकठाउँमा उभिए

 लिम्बुवान न्युज
                       

विर्तामोड। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारी विरुद्ध झापाका नौ राजनीतिक दल एक ठाउँमा उभिएका छन् ।

विगतमा संविधान मिच्दाको परिणाम राजा ज्ञानेन्द्र शाहको जुन हविगत भोगेका थिए त्यही अवस्था प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पनि हुने भन्दै झापाका नौं राजनीतिक दल एक ठाउँमा उभिएका हुन् ।

संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री हुने अनि ३० दिन भित्र विश्वासको मत लिन नसक्ने भएपछि मार्ग प्रस्तत गर्न भन्दै राष्ट्रपतिलाई सरकार गठन गर्नको लागि सिफारिस गर्नु केही घण्टा मै फेरि मसँग बहुमत संसद छ राष्ट्रपतिकोमा दावी गर्नु पाखण्डपन भन्दै प्रधानमन्त्री ओलीले देशलाई जटिल र गम्भीर राजनीतिक संकटमा धकेल्दै आपराधिक षडयन्त्रमा लागेको नौ दलले निश्कर्ष निकालेका छन् । मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभा विहीन बनाएर अध्यादेशको भरमा राष्ट्र संचालन गर्ने कार्य समृद्ध राष्ट्रको लागि हुन नसक्ने भन्दै ओली र भण्डारीको जति निन्दा र भत्र्सना गरेपनि कुम हुने संयुक्त विज्ञप्ति मार्फत नौ दलको ठहर रहेको छ ।

आज (मंगलबार) झापाको बिर्तामोडमा बसेको नौ दलको संयुक्त वैठकले दोस्रो पल्ट संसद विघटन गरेका प्रधानमन्त्री ओलीविरुद्ध शसक्त आन्दोलनको तयारी समेत गर्ने जनाएको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदम चाल्दै पुनः संसद विघटनको विरुद्धमा एकजुट भई उत्रनका लागि झापालीहरुलाई सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरुद्धमा उत्रिन तमाम झापावासीहरुमा राजनीतिक दलहरुले आव्हान गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको षडयन्त्रको शिकार बनेको प्रतिनिधिसभाको पुनःस्र्थापनाका अब आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई नै असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लैजाने षडयन्त्रको पर्दाफास गर्दै संयुक्त जनआन्दोलनका कार्यक्रमहरु अघि बढाउन अब ढिला गर्न नहुने दलहरुको ठहर रहेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ , नेकपा एमालेका अध्यक्ष वेदराज रेग्मी , जनता समाजवादी पार्टीका दिपेनवाला राई, संघीय लिम्बूवान मंचका धनबहादुर पन्धाक, बहुल राष्ट्रिय मोर्चाका सन्जुहाङ पालुङ्वा, विवेकशील साझा पार्टीका मेदनी प्रसाई, राष्ट्रिय जनमोर्चाका सन्तोष राई र राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थम्देनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ओलीको नक्कली राष्ट्रवादको नाराले देश र जनतालाई झुक्याउँदै एकपछि अर्को संघीयता विरोधी, लोकतन्त्रबिरोधी र राष्ट्रघाती कार्य असंवैधानिक भएको बताइएको छ ।

सरकार प्रमुख र राष्ट्रप्रमुखद्वयको षडयन्त्रबाट संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्ने प्रसस्त आधारहरु हुँदा हुँदै जेठ ७ गते को मध्यराति संसद भङ्ग गर्दै संविधानको ठाडो उल्लङघन भएको छ– जारी विज्ञप्तिमा भनिएको छ । संविधानको मर्म, भावना र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको अवमूल्यन गर्दै मध्यरातमा जालझेल गरेर संसद बिघठन गरिएको घटनाका सम्बन्धमा लोकतन्त्रमा आस्था र बिश्वास राख्ने हामी नौ राजनीतिक दलहरु घोर निन्दा भत्र्सना गर्दछौं ।

१४९ बहुमत सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीको दावी पेश गर्न पुगेका थिए उनको समर्थनमा राष्ट्रपति कार्यालयमा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु स्वयम् उपस्थित हुदाँसमेत प्रधानमन्त्री ओलीको कीर्ते बखेडाको मतियार बनेर राष्ट्रपति भण्डारीबाट जुन राष्ट्रघाती कुकर्म भएको छ यो दुष्कर्मले लोकतान्त्रिक गणतन्त्रलाई नै विकृत बनाएको छ – विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली जनताको बलिदानीमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको मूल मर्म र भावना विपरित अघि बढेका केपी र बिद्याले देश र जनताका अपमान र अवमुल्यन गरेका छन् यस्ता कुकर्मीहरुलाई नेपाली जनताले दण्डित एकदिन गर्ने नै छ– विज्ञप्तिमा भनिएको छ । ओली र भण्डारी गुटको षडयन्त्रमा शिकार भएको प्रतिनिधिसभाको पुनःस्थापनाका लागि अब एकपल्ट बृहत आन्दोलनमा जानुको विकल्प छैन । यि जघन्य अपराधको विरुद्ध एकपटक नेपाली जनताहरुलाई आन्दोलनको लागि अपिल गर्दछौं –विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कोरोना महामारीका बीच चुनाव गर्ने प्रपञ्च गरेर देशलाई अनिर्णयको बन्दी बनाई सत्ता लिप्सामा ओली लागेको उनीहरुले आरोप लगाउँदै देशमा कोरोनाको तेस्रो भेरियन्टको लहरमा जनतालाई उपचार, खोप, अक्सिजन, भेन्टिलेटर चाहिएको छ । जनता घरबाट बाहिर नस्कने अवस्था नभएको महामारीको चपेटामा चुनावको बहाना बनाएर निरंकुश र अधिनायकवादी शासन लाद्ेन ओली सरकारको षडयन्त्रलाई भण्डाफोर गर्न जनताहरु एकजुट हुनु आवश्यक रहेको नौ जलको ठहर रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई रक्षाको निम्ति आन्दोलनको अग्र मोर्चामा रहेर बिगतका दिनहरुमा जस्तै शसक्त भूमिका निर्वाह गर्न नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, मजदूर, किसान, प्राध्यापक, शिक्षक, कानूनकर्मी, उद्योगी, व्यसायी, बिभिन्न पेशाकर्मी लगायत न्यायप्रेमी आम जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौं । झापाका नौ दलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

आज विर्तामोडमा बसको नौ दलको संयुक्त वैठकमा दलका केन्द्रीय स्तरका नेताहरु संविधानसभाका सांसद सुधीरकुमार शिवाकोटी, रविन कोइराला, धर्मशीला चापागाई, प्रदेश संसद झलकसिंह दर्लार्मी, देउकुमार नेम्बाङ्, सञ्जुहाङ पालुङ्वा, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायत उपस्थित नेताहरुले उपस्थिति रहेको थियो । उपस्थित सबै नेताहरुले ओली र राष्ट्रपति भण्डारीको कदम सच्चिने पर्नेमा जोड दिएका छन् ।

नाै दलले जारी गरेकाे विज्ञप्तिः

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...