झापामा कोरोना संक्रमणबाट हालसम्म २१३ को मृत्यु

 लिम्बुवान न्युज
                       

झापा। झापा जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ । आज मृत्यु हुने दुई जना अर्जुनधारा ११ का होम आइसोलेखनमा रहेका ६० बर्षीय पुरुष र वि एण्ड सी अस्पतालमा उपचार भईरहेका कन्काई १ का अर्को ३२ बर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या २१३ पुगेको हो ।

सोमबार गरिएको पीसिआर तथा एन्टिजेन परिक्षणको नतिजा अनुसार झापामा पछिल्लो २४ घण्टामा २४७ जना कोरोनाका नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार दमकमा २८, विर्तामोडमा ३१, गौरादहमा ३, मेचीनगरमा सबैभन्दा धेरै ६६ जना, भद्रपुरमा ९, कन्काईनगरमा १४, हल्दीबारीमा १, अर्जुनधारामा १७, बुद्धशान्तीमा १०, गौरीगञ्जमा ७, कचनकवलमा १, कमलमा १९, शिवसताक्षीमा ४, बाह्रदशीमा १, झापा गाउँपालिकामा २ र ठेगाना नखुलाका ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हाल जिल्लामा सक्रिय संक्रमित संख्या ३ हजार ८ सय १६ रहेको छ भने ५ हजार ४ सय ५० जना कोरोना संक्रमितहरुले कोरोना जितीसकेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...