झापामा कोरोना संक्रमणबाट हालसम्म २१३ को मृत्यु

 लिम्बुवान न्युज
                       

झापा। झापा जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ । आज मृत्यु हुने दुई जना अर्जुनधारा ११ का होम आइसोलेखनमा रहेका ६० बर्षीय पुरुष र वि एण्ड सी अस्पतालमा उपचार भईरहेका कन्काई १ का अर्को ३२ बर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या २१३ पुगेको हो ।

सोमबार गरिएको पीसिआर तथा एन्टिजेन परिक्षणको नतिजा अनुसार झापामा पछिल्लो २४ घण्टामा २४७ जना कोरोनाका नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार दमकमा २८, विर्तामोडमा ३१, गौरादहमा ३, मेचीनगरमा सबैभन्दा धेरै ६६ जना, भद्रपुरमा ९, कन्काईनगरमा १४, हल्दीबारीमा १, अर्जुनधारामा १७, बुद्धशान्तीमा १०, गौरीगञ्जमा ७, कचनकवलमा १, कमलमा १९, शिवसताक्षीमा ४, बाह्रदशीमा १, झापा गाउँपालिकामा २ र ठेगाना नखुलाका ३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हाल जिल्लामा सक्रिय संक्रमित संख्या ३ हजार ८ सय १६ रहेको छ भने ५ हजार ४ सय ५० जना कोरोना संक्रमितहरुले कोरोना जितीसकेका छन् ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...