बन्ने भयो झापामा १ अर्ब लगानीको सहकारी अस्पताल

 लिम्बुवान न्युज
                       

विर्तामोड, १२ जेठ । झापा जिल्ला सहकारी संघको अगुवाईमा सहकारी अस्पताल बन्ने भएको छ । सहकारी संघको नेतृत्वमा सहकारी अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अस्पताल निर्माण गर्न संघले थप छलफल र परामर्श अघि बढाएको हो ।

सहकारी संघले बुधबार भर्चुअल जुम माध्यमबाट सरोकारवालासँगको छलफलमा संघका अध्यक्ष गणेश ढकालले अवधारणा पत्र प्रस्तुत गरेको छ । १ अर्बको लगानीमा चार वर्ष भित्र अस्पताल सञ्चालनमा ल्याउने संघले जनाएको छ । ५० करोडको हाराहारीबाट काम प्रारम्भ गरिने अस्पताल निर्माणका लागि १० बिघा जग्गा दाताहरुबाट प्राप्त हुने आश्वासन आएको छलफलमा बताइएको छ ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी संघले पनि अस्पताल स्थापनामा सहयोग गर्नेे आश्वासन दिएको अध्यक्ष ढकालले बताए । जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

अस्पताल स्थापना गर्नै पर्नेमा जोड दिएका सहभागीले आ–आफ्नो तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् । कानुनी जटिलता र नेतृत्वको विषयमा स्पष्ट हुन चाहेका सहभागीले जिल्ला संघले कोरोना महामारी र सामाजिक क्षेत्रमा विगतदेखी गर्दै आएको कामको भर्चुअलमा सहभागी सबैले प्रशंसा गरेका थिए ।

पहिलो चरणको कोरोना कहरका बेला करिब ४ करोड बढी खर्च गरेको झापाली सहकारी क्षेत्रले यस वर्ष उपलब्धी मुलुक र दीर्घकालीन काम गर्ने योजना अनुसार अस्पताल निर्माण गर्ने योजना अघि सारेर छलफल चलाएको हो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...