अनलाइन शेर्पा गायन प्रतियोगिता २०२१ हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । शेर्पा भाषालाई प्रचारप्रसार गर्न थप मद्दत पुर्‍याउने उद्देश्यले अनलाइन एकल शेर्पा गायन प्रतियोगिता २०२१ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले १५ हजार र आकर्षक पुरस्कार पाउने छन् ।

यसरी नै प्रतियोगिताको दोस्रो हुनेले १० हजार, तेस्रो र पब्लिक च्वाईस विजेताहरुले ५/५ हजारको पुरस्कार राशी पाउने वताइएको छ ।

एक शेर्पा गायन प्रतियोगितामा सहभागी बन्नेहरुले जेष्ठ १५ भित्रमा भिडियो आयोजकलाई पठाइ सक्नु पर्ने जनाएको छ । प्रतियोगीले अनिवार्य रुपमा शेर्पा भाषाबाटै आफ्नो परिचय पनि दिनुपर्नेछ । लोपोन्मुख शेर्पा गीतलाई विशेष प्राथामिकता दिइने प्रतियोगितामा प्रतियोगीले शेर्पा भाषाको जुनसुकै विधाको गीत गाउन पाउने जनाएको छ ।

प्रतियोगितामा सहभागीले शेर्पा पहिचान झल्किने भेषभुषा लगाएको हुनु पर्नेछ । गीत सम्पादन गरेर बनाइएको भिडियो मान्य नहुने आयोजकले जनाएको छ । विजेताको छनौट भने टाइमिङ, शब्द उच्चारण, प्रस्तुती, लय कला शैली, फेसबुक लाईक र शेयरको आधारमा गरिने बताइएको छ ।

प्रतियोगिहरुलाई भिडियो पठाउन वाटएप्स, भाइवरको माध्यमबाट मोवाइल नम्बर ९८४९६५५८८४ र ९८०८२५२४०८ मा अथवा sherpaeventorganizer12@gmail.com इमेल ठेगानामा पठाउन आयोजकले अनुरोध गरेको छ । शेर्पा इभेन्ट अर्गनाइजरको फेसबुक पेजमा पोष्ट भएको सामग्रीलाई अनुमति नलिई पोष्ट नगर्न आयाेजकले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...