चन्द नेतृत्वको नेकपाद्वारा सुकुम्बासी दमनको निन्दा

,   लिम्बुवान न्युज
                       

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकको सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलको सुकुम्बासी बस्ती माथि जेठ १० गते नगरपालिका र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरि दमन गरिएको प्रति विप्लवले नगरपालिकालाई ध्यानाकर्षण गर्दै निन्दा गरेको हो ।

बुधबार विप्लव नेकपाका झापा जिल्ला सचिव प्रशान्तले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको दोस्रो लहरमा गुज्रिरहेको परिपेक्ष्यमा निषेधाज्ञाले श्रमजिवीहरु दैनिक गुजाराबाट जिविकोपार्जन गर्न समेत असक्षम भैरहँदा राज्यले राहातको प्याकेजको सट्टा त्रिपाल मुनी कष्टकर जीवन विताइ रहेका सुकुम्बासीको बस्ती उठाउने काममा लाग्नु कानूनको धज्जिया उढाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दमक नगरपालिकाले सुकुम्बासीहरु माथि श्रृंखलाबद्ध आक्रमण गर्दै दमन गरिरहेको प्रति हाम्रो संगठनले पटकपटक चेतावनीसँगै संघर्ष समेत गरिरहेको सर्वविदितै रहेको छ । यस्तो विषम परिस्थितिमा जिम्मेवार दमक नगरपालिकाको कदम आगामी दिनहरुमा नसच्चिएर थप संघर्षहरु सहित उत्रिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिः

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;