कोरोना संक्रमणबाट पाँचथरका एक जनप्रतिनिधिको निधन

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार विर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि पाँचथर अस्पताल ल्याइएको थियो तर समस्या झन जटिल हुन थालेपछि बिर्तामोड वि एण्ड सीमा रेफर गरिएको थियो ।

जनस्तरमा लोकप्रिय सिगुको उपचारको लागि जनस्तरबाट आर्थिक सहयोग समेत जुटिरहेको अवस्थामा स्वास्थ्यमा निरन्तर उतार चढाब आइरहेको थियो । यसैविच आज विहान नौ वजे वडाध्यक्ष सिगुको निधन भएको हिलिहाङ गाँउ पालिकाका प्रवक्ता समेत रहेका वडा नम्वर ३ का अध्यक्ष मदन गौतमले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;