झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

 लिम्बुवान न्युज
                       

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा लम्बाएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको निर्णय अनुसार जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले आदेश जारी गरेका छन् ।

कोरोना संक्रमितको शव नेपाली सेनाले मात्र व्यवस्थापन गर्दै आएकोमा अब नेपाल स्काउट १ नम्बर प्रदेशको ३ वटा टोलीले झापाका सबै पालिकामा व्यवस्थापन गर्ने समेत निर्णय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए । शव व्यवस्थापनको लागि बन्दोवस्तीका सामान भने सम्बन्धी पालिकालाई व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय भएको उनले जनाए ।

यो पटकको निषेधाज्ञा अटेर गर्नेलाई सरकारले हालै ल्याएको नयाँ अध्यादेशअनुसारको कारवाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताए । जस अनुसार अध्यादेशले ल्याएको कारवाही अनुसार निषेधाज्ञा पालना नगर्नेलाई एक बर्ष कैद र ५ लाख जरीवाना हुन सक्नेछ । मापदण्ड पालना नगरेमा ६ महिना कैद वा ३ लाख रुपैयाँ वा दुवै सजाय हुने उल्लेख छ ।

यस्तै कुनै व्यक्तिले आदेश उल्लंघन गरेको पाइए १ लाख जरिवाना हुने र संस्थाले आदेश पालना नगरे ५ लाख रुपैयाँ जरीवाना हुनेछ । अत्यावश्यकबाहेकका काममा दुईपाङग्रे सावारी साधन चलाए २ हजार र ४ पाङ्ग्रे चलाए ५ हजार जरिवाना गराईने छ । साथै माक्स नलगाई सार्वजनिक स्थलमा आवतजात गरेमो पटकै पिच्छे १ सय रुपैयाँ र बिना काम बाहिर हिडडुल गरेमा पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना गराउने अध्यादेश सरकारले जारी गरेको छ । यसको अतिरिक्त अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई अतिरिक्त समय प्रमुख अधिकारीले ६ महिनासम्म जेलसजाय गर्न सक्ने अधिकार दिईएको अध्यादेशमा उल्लेख छ ।

जिल्ला अधिकारीद्वारा जारी गरिएको आदेश तल हेर्नुहोस्ः

 

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...