झापामा जेठ २१ गतेसम्म निषेधाज्ञा लम्बियो, विनाकाम बाहिर निस्केमा २ सय जरीवाना

 लिम्बुवान न्युज
                       

दमक/ झापामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेको हुँदा पुनः एक साता निषेधाज्ञा लम्बिएको छ । आज बसेको डिसिसिएमसीको बैठकले जेठ १५ गते राती १२ बजे देखि २१ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा लम्बाएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको निर्णय अनुसार जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले आदेश जारी गरेका छन् ।

कोरोना संक्रमितको शव नेपाली सेनाले मात्र व्यवस्थापन गर्दै आएकोमा अब नेपाल स्काउट १ नम्बर प्रदेशको ३ वटा टोलीले झापाका सबै पालिकामा व्यवस्थापन गर्ने समेत निर्णय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए । शव व्यवस्थापनको लागि बन्दोवस्तीका सामान भने सम्बन्धी पालिकालाई व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय भएको उनले जनाए ।

यो पटकको निषेधाज्ञा अटेर गर्नेलाई सरकारले हालै ल्याएको नयाँ अध्यादेशअनुसारको कारवाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताए । जस अनुसार अध्यादेशले ल्याएको कारवाही अनुसार निषेधाज्ञा पालना नगर्नेलाई एक बर्ष कैद र ५ लाख जरीवाना हुन सक्नेछ । मापदण्ड पालना नगरेमा ६ महिना कैद वा ३ लाख रुपैयाँ वा दुवै सजाय हुने उल्लेख छ ।

यस्तै कुनै व्यक्तिले आदेश उल्लंघन गरेको पाइए १ लाख जरिवाना हुने र संस्थाले आदेश पालना नगरे ५ लाख रुपैयाँ जरीवाना हुनेछ । अत्यावश्यकबाहेकका काममा दुईपाङग्रे सावारी साधन चलाए २ हजार र ४ पाङ्ग्रे चलाए ५ हजार जरिवाना गराईने छ । साथै माक्स नलगाई सार्वजनिक स्थलमा आवतजात गरेमो पटकै पिच्छे १ सय रुपैयाँ र बिना काम बाहिर हिडडुल गरेमा पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना गराउने अध्यादेश सरकारले जारी गरेको छ । यसको अतिरिक्त अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई अतिरिक्त समय प्रमुख अधिकारीले ६ महिनासम्म जेलसजाय गर्न सक्ने अधिकार दिईएको अध्यादेशमा उल्लेख छ ।

जिल्ला अधिकारीद्वारा जारी गरिएको आदेश तल हेर्नुहोस्ः

 

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...