दमक अस्पताल अन्तर्गतको कोभिड उपचारकेन्द्रमा दाताहरुद्वारा सामान दिने क्रम बढ्दो

,   लिम्बुवान न्युज
                       

दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा विभिन्न सहयोगी संस्था र दाताहरुले भौतिक सामग्री सहयोग गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ । कोही बिरामीले त्यहाँको आवश्यकतालाई मध्यनजर गरेर सहयोग गरेका छन भने सहकारी तथा अन्य संघ संस्थाहरु, व्यवसायी एवं प्रवासमा रहेका दमकेलीहरुले समेत विभिन्न किसिमका भौतिक सामान प्रदान गरेपछि सो उपचार केन्द्र सुविधायुक्त बन्दै गएको छ ।

सो केन्द्रमा सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा सहयोग पुरयाउने उद्धेश्यले आज दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले एक थान अत्याधुनिक प्रकारको आइसियु वेड प्रदान गरेको छ । संस्थाको बार्षिकोत्सवको अवसर पारेर सो सामग्री अज कोभिड उपचार केन्द्रमा नै पुगेर संस्थाका अध्यक्ष टोकाराज सापकोटा र प्रबन्ध निर्देशक अरुण भण्डारीले नगर प्रमुख रोमनाथ ओली र कोभिड उपचार केन्द्रकी संयोजक समेत रहेकी उप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी आज नै दमकका स्थापित व्यवसायी तथा सामाजिक व्यक्तित्व दमक ७ स्थित जनसेवा टे«डर्सका प्रोपाइटर विष्णु खतिवडाले दुई थान आइसियु वेड उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वडानं. ७ का अध्यक्ष भिम प्रसाद पौडेलको उपस्थितिमा कोभिड उपचार केन्द्र बेलडाँगीमा प्रदान गरेका छन । त्यस्तै दमक ६ स्थित म्याक्स मेडिकेयरका प्रोप्राइटर तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका प्रकाश अधिकारीले कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिई, गाउन र बिरामीका लागि अक्सिजन फ्लो मिटर प्रदान गरेका बताइएको छ । यस अघि सो उपचार केन्द्रमा पुगेका दमक १ का विश्वबन्धु बुढाथोकीले सो केन्द्रको व्यवस्थापनमा सहयोग पुरयाउन १० थान प्लाष्टिकका कूर्सी प्रदान गरेका थिए ।

दमकका युवाले विदेशबाट सम्झिए

दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि हाल कतारमा बस्दै आएका दमकेली युवाहरुले समेत यहाँका संक्रमितहरुको उपचारमा सहयोग पुरयाउन तीन लाख बढी मुल्य बराबरको सहयोग सामग्री प्रदान गरेका छन ।

दमकको सामुदायिक अस्पताल आम्दा अस्पताल र दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगीका लागि सो सहयोग प्राप्त भएको हो । कतारमा बस्दै आएका डिन्सन बोहोरा र सन्तोष गौतमको पहलमा दमकेली युवाहरुले एकिकृत रुपमा पठाएको सो सहयोग रकमबाट तीन वटा अक्सिजन उत्पादन गर्ने बिद्युतीय उपकरण (अक्सिजन कन्सन्टेटर) खरिद गरेर मंगलबार ति अस्पताललाई हस्तान्तरण गरेका थिए । त्यस किसिमको एउटा उपकरणले प्रतिघण्टा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;