प्रदेश २ सरकारद्वारा ९ वटा दमकल खरिद

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । प्रदेश २ सरकारले ९ वटा दमकल (अग्नि नियन्त्रक) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल (अग्नि नियन्त्रक) खरिद गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाका अनुसार एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ पर्न गएको बताए । खरिद गरेको दमकलहरु प्रदेशको आठ जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले प्रदान गर्ने र बाँकी एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराउने प्रवक्ता कुसवाहाले बताएका छन् ।

चालु आर्थिक बर्षको बजेटमा दमकल खरिदका निम्ति बजेट निकासा भई खरिद गरिएको दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम आइपुगेको मन्त्रालयले जनाएको छ । यद्यपि कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिद गर्नुपर्नेमा बारुण यन्त्र खरिद गरेकोमा प्रदेश सरकारको जनस्तरबाट आलोचला हुन थालेको छ ।

प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । तर ति बसहरु किनेको आठ महिना पुग्दा समेत सन्चालन आएको छैन ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;