रहेनन् स्वरका धनी जनम थुलुङ्

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। गायक तथा संगीतकार जनम थुलुङको बिहीबार राति असामयिक निधन भएको छ । दुई हप्ताअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थुलुङ्को कोरोनाभाइरस संक्रमणबाट उनको निधन भएको हो ।

ललितपुरको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्रोतका अनुसार कोराना संक्रमित हुँदा घरमै आराम गरिरहेका उनी निकै गाह्रो भएपछि मात्र अस्पताल पुगेर आइसियुमा उपचाररत थिए ।

उनले दुई वर्षअघि मुन्दुम संस्कारमा वर्णन हुने किरातीहरुको शक्ति केन्द्र ‘खुवालुङ’सम्बन्धी एउटा गीत गाएका थिए । ‘खुवालुङ खुल खुल खुल’ बोलको उक्त गीतमा उनले नै संगीत र स्वर दिएका थिए । उनले उक्त गीत दुई हप्ताअघि मात्र पुनः आफ्नो नामको युट्युब च्यानलमा राखेका थिए ।

उक्त गीतको रचनाकार भने हाल किरात राई यायोक्खाका केन्द्रीय सदस्य तथा किरात राई लेखक संघका अध्यक्ष रहेका खुक्सङ खम्बू हुन् । जनम थुलुङ खुक्सङकै आफ्नै कान्छा भाइ हुन् ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं ५ रिब्जुङ महेश्वरी घर भएका उनले संगीतको माध्यमबाट भाषा संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास गरिरहेका थिए । उनले थुलुङ राईका दुई वटा एल्बम र खस नेपाली भाषाका एउटा एल्बम ल्याएका थिए ।

उनले दुई दर्जन भन्दा बढी गीतहरुमा संगीत तथा स्वर दिएका थिए । जनम थुलुङको असामयिक निधनप्रति किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले श्रदाञ्जलीसहित दुःख व्यक्त गरेका छन् ।

किरात समुदायका अग्रज तथा अभियान्ताहरुले सामाजिक सञ्जाल फेसबुकबाट समेत थुलुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको शुक्रबार बिहान नेपाली सेनाले अन्तिम संस्कार गरेको खबर छ ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...