दमकमा कोरोना महामारी विरुद्ध वाणिज्यसंघको महाअभियान शुरु

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन उद्देश्यले महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ ।

दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका प्रकाश प्रसाइँको संयोजकत्वमा सो महाअभियान समिति गठन गरेको हो ।

अभियानले पहिलो चरणमा दमकस्थित सरकारी तथा सामुदायिक अस्पतालमा उच्च प्राथमिकता साथ भेन्टिलेटर सञ्चालनमा ल्याउन प्रयास गरिने बताइएको छ । प्रसाइँको नेतृत्वमा गठन गरेको समितिको सदस्य सचिवमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँलाई जिम्मेवारी दिइएको छ ।

२१ सदस्यीय सो समितिले यथाशक्य छिटो निजी क्षेत्र (उद्योगी, व्यवसायी) तथा सामाजिक संघ संस्थाहरुसँगको सहयोगमा कम्तीमा एउटा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री अस्पताललाई सहयोग गर्ने सदस्य सचिव गुरागाइँले जानकारी दिए । हामी निजी क्षेत्रले पनि यो महामारी नियन्त्रण गर्दै बिरामीको उपचारमा सहयोग पुरयाउन योगदान गरौं भन्ने उद्धेश्यले यो कामको शुरुवात गरेका हौं– सचिव गुरागाइँले भने ।

यस महाअभियानकोलागि हाल दमक उद्योग वाणिज्य संघको कोषबाट एक लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । त्यस्तै अन्य उद्योगी व्यवसायी नेताहरुले समेत २५ हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग दिने क्रम शुरु भएको छ । महाअभियान समितिले यो महामारीको संकटमा देश विदेशमा रहने नेपालीलाई आ–आफ्नो स्थानबाट सकेको सहयोगका लागि पनि अपिल गरेको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...