दमकमा अक्सिजन प्लान्ट जडित अत्याधुनिक अस्पताल बन्छ : प्रधानमन्त्री ओली
शुक्रबार, १४ जेठ, २०७८ रातीको ०९:२१ बजे,
लिम्बुवान न्युज
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक अस्पताल बन्ने बताएका छन् ।
आज दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको पक्की भवनको जुम भर्चुअल माध्यमबाट शिलान्यासका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक अस्पतालमा आइसियुसहितको सेवा प्रदान गर्ने गरी अक्सिजन प्लान्टको समेत स्थापना गरिने बताएका हुन ।
भर्चुअल माध्यमबाट गरिएको शिलान्यासमा प्रधानमन्त्री ओलीले कोरोना विरुद्ध लडन हरेक व्यक्तिले सावधानी अपनाउनु पर्ने पनि उल्लेख गरे । उनले भने– हामी खोप ल्याउँछौं र सबै नागरिकलाई खोप लगाउँछौं । कोरोना समस्या नेपालको मात्र नभएर विश्वभरीको समस्या भएको हुँदा सबैलाई आक्रन्त बनाएपनि हामी सबैको साझा सत्रु भएको हुँदा हामी डटेर लागीपरेका छौं अत्यावश्यक अक्सिजन, आइसियू र भेन्टिलेटरको व्यवस्था थप गरेसँगै हाल संक्रमण नियन्त्रण गर्दै मृत्युदर घट्दै गईरहेको प्रधानमन्त्रीले बताएका छन् ।
८ करोड रुपैंयाको लगानीमा दमक बहुमुखी क्याम्पसमा २४ वटा कोठाका चारवटा ब्लक निर्माणका लागि शिलान्यास गरिएको हो । भूकम्प प्रतिरोधात्मक सो भवनको काम समयमै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई प्रधानमन्त्रीले विशेष आग्रह समेत गरेका छन् ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...