दमकमा अक्सिजन प्लान्ट जडित अत्याधुनिक अस्पताल बन्छ : प्रधानमन्त्री ओली
शुक्रबार, १४ जेठ, २०७८ रातीको ०९:२१ बजे,
लिम्बुवान न्युज
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा निर्माणाधिन दमक अस्पताललाई अत्याधुनिक अस्पताल बन्ने बताएका छन् ।
आज दमक बहुमुखी क्याम्पसमा बन्ने ८ करोड लागतको पक्की भवनको जुम भर्चुअल माध्यमबाट शिलान्यासका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दमक अस्पतालमा आइसियुसहितको सेवा प्रदान गर्ने गरी अक्सिजन प्लान्टको समेत स्थापना गरिने बताएका हुन ।
भर्चुअल माध्यमबाट गरिएको शिलान्यासमा प्रधानमन्त्री ओलीले कोरोना विरुद्ध लडन हरेक व्यक्तिले सावधानी अपनाउनु पर्ने पनि उल्लेख गरे । उनले भने– हामी खोप ल्याउँछौं र सबै नागरिकलाई खोप लगाउँछौं । कोरोना समस्या नेपालको मात्र नभएर विश्वभरीको समस्या भएको हुँदा सबैलाई आक्रन्त बनाएपनि हामी सबैको साझा सत्रु भएको हुँदा हामी डटेर लागीपरेका छौं अत्यावश्यक अक्सिजन, आइसियू र भेन्टिलेटरको व्यवस्था थप गरेसँगै हाल संक्रमण नियन्त्रण गर्दै मृत्युदर घट्दै गईरहेको प्रधानमन्त्रीले बताएका छन् ।
८ करोड रुपैंयाको लगानीमा दमक बहुमुखी क्याम्पसमा २४ वटा कोठाका चारवटा ब्लक निर्माणका लागि शिलान्यास गरिएको हो । भूकम्प प्रतिरोधात्मक सो भवनको काम समयमै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई प्रधानमन्त्रीले विशेष आग्रह समेत गरेका छन् ।
दमक, ७ भदाैं । ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा सीता पिरती , मणि सेम्बु...
दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...
दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...
दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...