आज अध्यादेश मार्फत बजेट, बजेटको आकार सवा १६ खर्ब

 लिम्बुवान न्युज
                       

काठमाडौं । काम चलाउ सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने छन् ।

कोरोना महामारीको यो अवस्थामा कोभिड १९ संक्रमण नियन्त्रणलाई केन्द्रित गरेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।

संसद भङ्गभएको अवस्थामा अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल, पूर्व अर्थमन्त्रीहरु र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । कामचलाउ सरकारले ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम सार्वजनिक नगर्न समेत उनीहरुले सुझाएका छन् ।

अर्थमन्त्री पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेकोे छ । बजेटको आकार सवा १६ खर्बको हुने बताइएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...