आज अध्यादेश मार्फत बजेट, बजेटको आकार सवा १६ खर्ब

 लिम्बुवान न्युज
                       

काठमाडौं । काम चलाउ सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने छन् ।

कोरोना महामारीको यो अवस्थामा कोभिड १९ संक्रमण नियन्त्रणलाई केन्द्रित गरेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।

संसद भङ्गभएको अवस्थामा अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल, पूर्व अर्थमन्त्रीहरु र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । कामचलाउ सरकारले ल्याएको बजेटमा लोकप्रिय कार्यक्रम सार्वजनिक नगर्न समेत उनीहरुले सुझाएका छन् ।

अर्थमन्त्री पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेकोे छ । बजेटको आकार सवा १६ खर्बको हुने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...