मञ्च जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने छ– लिङदेन

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने बताएका छन् । अध्यक्ष लिङ्देनले १४औं गणतन्त्र दिवसको अवसर पारेर आज शुभकामना विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

“आदिवासी, जनजाति, दलित, मधेशी, खस, मुश्लिम तथा उत्पीडित समुदायको लागि गणतन्त्र भनेको प्राण भएको हो ।”– अध्यक्ष लिङदेनले बताएका छन् । संविधानको पुनर्लेखन गरी ७ प्रदेशबाट १०+१ प्रान्त स्थापना गर्नु पर्नेमा जोड दिदै पहिचान र गणतन्त्र रक्षाको लागि ११ लाख भोलेन्टियर्स निर्माण गर्न तयारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

२००७ सालको क्रान्तिमै जनमुक्ति सेनाका कमाण्डर जि.बि. याक्थुङबाले राजतन्त्र अन्त्यगरेर गणतन्त्र स्थापना गर्न त्यसबेलाका नेताहरुसँग अपिल गर्दा नेताहरुले खुट्टा कमाएको कुरा स्मरण गर्दै अन्ततः लामो कालखण्डमा गणतन्त्र स्थापनाको भएकाे छ, याे लडाईमा हजारौंले बलिदानी दिएका छन् उनीहरु प्रति मञ्चले गहिरो दुख व्यक्त गर्दै श्रद्धासुमन चढाउँदछौं– विज्ञप्तिमा भनिएको छ । तर, वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिको सत्तालिप्साको कारण गणतन्त्र नै धरापमा परेको प्रति चिन्ता व्यक्त गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता रक्षाको निम्ति पहरेदार बन्नु पर्ने अध्यक्ष लिङ्देन बताएका छन् ।

नेपालको सबै ऐतिहासिक संघीय पहिचानहरुलाई बलपुर्बक दबाएर नेपालमा राजतन्त्रको शुरुवात भएको घाम झैं छर्लङ्ग छ, यसर्थ राजतन्त्रको आडमा यो देशका आदिबासी, दलित, थारु, खस, मधेशी, मुश्लिमहरुमाथि भएकाे भाषिक, जातीय/क्षेत्रीय, सांस्कृतिक र धार्मिक दमन र शोषणको विरुद्ध एकजुट भएर लाग्नु पर्नेमा अध्यक्ष लिङ्देनले जोड दिएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पहिचानमा आधारित १०+१ प्रान्त प्राप्तिको लागि संघर्ष गरिएको राजनीतिक दल हो । यो दल २०६२ साल देखि नेपालको राजनीतिक क्रान्तिमा सक्रिय रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;