मञ्च जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने छ– लिङदेन

,   लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने बताएका छन् । अध्यक्ष लिङ्देनले १४औं गणतन्त्र दिवसको अवसर पारेर आज शुभकामना विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

“आदिवासी, जनजाति, दलित, मधेशी, खस, मुश्लिम तथा उत्पीडित समुदायको लागि गणतन्त्र भनेको प्राण भएको हो ।”– अध्यक्ष लिङदेनले बताएका छन् । संविधानको पुनर्लेखन गरी ७ प्रदेशबाट १०+१ प्रान्त स्थापना गर्नु पर्नेमा जोड दिदै पहिचान र गणतन्त्र रक्षाको लागि ११ लाख भोलेन्टियर्स निर्माण गर्न तयारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

२००७ सालको क्रान्तिमै जनमुक्ति सेनाका कमाण्डर जि.बि. याक्थुङबाले राजतन्त्र अन्त्यगरेर गणतन्त्र स्थापना गर्न त्यसबेलाका नेताहरुसँग अपिल गर्दा नेताहरुले खुट्टा कमाएको कुरा स्मरण गर्दै अन्ततः लामो कालखण्डमा गणतन्त्र स्थापनाको भएकाे छ, याे लडाईमा हजारौंले बलिदानी दिएका छन् उनीहरु प्रति मञ्चले गहिरो दुख व्यक्त गर्दै श्रद्धासुमन चढाउँदछौं– विज्ञप्तिमा भनिएको छ । तर, वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिको सत्तालिप्साको कारण गणतन्त्र नै धरापमा परेको प्रति चिन्ता व्यक्त गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता रक्षाको निम्ति पहरेदार बन्नु पर्ने अध्यक्ष लिङ्देन बताएका छन् ।

नेपालको सबै ऐतिहासिक संघीय पहिचानहरुलाई बलपुर्बक दबाएर नेपालमा राजतन्त्रको शुरुवात भएको घाम झैं छर्लङ्ग छ, यसर्थ राजतन्त्रको आडमा यो देशका आदिबासी, दलित, थारु, खस, मधेशी, मुश्लिमहरुमाथि भएकाे भाषिक, जातीय/क्षेत्रीय, सांस्कृतिक र धार्मिक दमन र शोषणको विरुद्ध एकजुट भएर लाग्नु पर्नेमा अध्यक्ष लिङ्देनले जोड दिएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पहिचानमा आधारित १०+१ प्रान्त प्राप्तिको लागि संघर्ष गरिएको राजनीतिक दल हो । यो दल २०६२ साल देखि नेपालको राजनीतिक क्रान्तिमा सक्रिय रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;