सरकारको बजेट भाषण संघीयता विरोधी औपनिवेशिक चरित्रको भएको लिम्बुवानको ठहर

 लिम्बुवान न्युज
                       

दमक। शनिबार सरकारको तर्फबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पेश गरेको बजेटभाषण संघीयता विरोधी औपनिवेशिक चरित्रको आएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आपत्ती जनाएको छ ।

बजेट भाषणको क्रममा ऐतिहासिक महत्व बोकेको ताप्लेजुङकाे सुकेटार विमान स्थलको नाम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी र चुहानडाँडा विनास्थलको नाम आङछिरिङ्ग शेर्पा नामाकरण गर्ने घोषणाको घोर विरोध र भत्र्सना गरेको छ । मञ्चका महासचिव अशोक चेम्जोङ्ले आज विज्ञप्ति जारी गर्दै असंवैधानिक सरकारका अर्थमन्त्रीको यो घोषणा औपनिवेशिक चरित्रको र संघीयता विरोधी भएको बताए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी, पहिचानविरोध, संघीयता र गणतन्त्र विरोधी सत्ता लिप्सामा केन्द्रित रहस्यमयीलाई त्यो स्थानमा पु¥याउनु ठूलो भूल भएको महासचिव चेम्जोङ्ले बताए । “दुई पटक संघीय संसद विगठन गरिसकेका प्रधानमन्त्रीबाट संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल खतरामा परेको र पहिचानको आन्दोलनलाई दमन गर्न अनेक हतकण्डा अपनाईरहेको छ ”। चेम्जोङ्ले भनेका छन् ।

ताप्लेजुङ र तेह्रथुमका स्थानीय जनता र सरोकारवालाहरुसँग कुनै समन्वय नगरी विमानस्थलहरुको नामाकरण गरिनु दुर्भाग्यपूर्ण भएको ठहर गर्दै मञ्चले ठाडो अस्विकार, भत्र्सना र विरोध गर्ने विज्ञप्तिमा भनेका छन् ।

यसैगरी विगत केही बर्ष देखि हजारौं किरातीहरुको कपुस्थानलाई भत्काएर अन्तराष्ट्रिय आदिवासी रंगशाला बनाउने भनिएको झापा लखनपुरमा नबनाउने गरी दमकमा अन्तराष्ट्रिय रंगशाला बनाउने भनी अर्थमन्त्रीको बजेटको बुँदा नं. २५२ मा उल्लेख भई आएकोमा मञ्चले विरोध जनाएको छ । आदिवासीको पहिचान मेट्ने काम गरेको सरकारको विरुद्ध मञ्च निरन्तर संघर्षमा उत्रने चेतावनी दिएको छ । आदिवासी माथि अपमान गर्दै सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको चिल्डे«न फन पार्क बनाउने भन्ने सरकारको अभिव्यक्ति प्रति मञ्चले कडा प्रतिकार गर्ने जनाएको छ ।

आदिबासीहरुको पहिचान नै समाप्त गर्न घोषणा गरिएका यी कथित नाम र कार्यक्रमहरुको घोर बिरोध गर्दै लिम्बुवान मञ्च सरकारको यस्तो प्रकारको रवैयाको सामना गर्न जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने विज्ञप्ति मार्फत जनाइएको छ ।

विमानस्थल नामाकरण विरुद्ध ताप्लेजुङका सातदल एक ठाउँमा उभिए

केपि ओलि नेतृत्वको सरकारले शनिबार ल्याएको बजेटमा ताप्लेजुङ फुङ्लिङ स्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको प्रति सात दलले गम्भीर आपत्ति जनाएको छ । आज संयुक्त विज्ञप्ति जारी गरी सुकेटार विमानस्थल इतिहासदेखि स्थापित र ताप्लेजुङवासीहरुको गौरवको रुपमा रहेको पर्यटकीय स्थल हो । विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ताप्लेजुङवासी जनताको मर्म र भावना विपरीत स्थानीय बासिन्दाहरुको इतिहास, पहिचान र मौलिक संस्कृति माथिको आक्रमण गर्ने गलत नियतले विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय हामीलाई अस्वीकार्य भएको जनाएका छन् । जनताको सर्वोच्च संस्था प्रतिनिधिसभालाई संविधान मिच्दै, पटकपटक विघटन गरि मुलुक र जनताको भावना विपरीत चालेको निरङ्कुश र प्रतिगामी कदमका बिरुद्ध राजनीतिक पार्टीहरु, नागरिक समाज, बुद्धिजीवी तथा संचार जगतले बिरोध गरिरहेको अवस्थामा प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहेको बेला अध्यादेश मार्फत पूर्ण बजेट ल्याउनु आफैंमा असंवैधानिक कदम भएको उनीहरुले जिकीर गरेका छन् ।

सरकारलाई निर्णय सच्याउन जोडदार माग गर्दै निर्णय नसच्चिए ताप्लेजुङबासी जनताको अगाडि शसक्त प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै संघर्षका निम्ति सम्पूर्ण जिल्लावासी एकहुन अपिल गरेको छन् ।

उक्त संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस ताप्लेजुङ कार्यवाहक सभापति मणिप्रसाद लाबुङ, नेकपा एमाले ताप्लेजुङ अध्यक्ष बलबहादुर साम्सोहाङ, नेकपा माओवादी केन्द्र ताप्लेजुङ अध्यक्ष विजयप्रकास वनेम, जसपा ताप्लेजुङ जिल्ला अध्यक्ष किर्तीमान मादेन, संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ सचिव अशोक मादेन, राप्रसपा प्रदेश सदस्य यामकुमार दाहाल र राष्ट्रिय जनमुक्ति पार्टी, ताप्लेजुङ अध्यक्ष इन्द्र कुमार थलङले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...