नियमावली कुल्चदै बि एण्ड सीलाई सम्बन्धन दिए आन्दोलनमा उत्रने भोलेन्टियर्सको चेतावनी

 लिम्बुवान न्युज
                       

विर्तामोड/चिकित्सा शिक्षा ऐन र नियमावलीको धज्जी उडाउँदै विर्तामोडस्थित बि एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाप्रति लिम्बुवान भोलेन्टियर्सको केन्द्रिय नेतृत्वले आपत्ती जनाएको छ । सरकारले काठमाडौं विश्वविद्यालय केयू मार्फत प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा सम्बन्धन दिन लागेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध भोलेन्टियर्सले एउटा प्राइभेट अस्पताललाई जुनसुकै प्रकृयाबाट सम्बन्धन दिने सरकारको नियत ठिक नहुने जनाएको हो । भोलेन्टीयर्सका केन्द्रिय सिनियर उपकमाण्डर गणेश मिभक लिम्बुले विज्ञप्ती जारी गर्दै २०७३ साल यता बि एण्ड सीले आशयपत्र नविकरण नगरेको हुँदा सो कलेज स्वत कानुनी हैसियतबाट बाहिरी सकेको पनि जिकरि गरिएको छ ।

विज्ञप्तीमा सरकारको जोडबलमा नियमावली मिचेर अस्पताललाई कलेजको सम्बन्धन दिएमा भोलेन्टियर्सले त्यसको प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ । प्रधानमन्त्रीले आयोगको निर्णयलाई मिचेर यहि जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएर आयोगका पदाधिकारीलाई पेलेरै जबर्जस्ती सम्बन्धन दिने प्रकृयामा आफैं संलग्न हुनु निन्दनीय भएको पनि भोलेन्टीयर्सको ठहर छ ।

संचालक प्रसाईले कोरोना महामारीको बेला अस्पतालमा सबैभन्दा उत्कृष्ट सुविधा दिने भन्दै कोभिडका बिरामीलाई २ लाख रुपैयाँ धरौटी राख्नेले मात्र उपचार पाउने समेत बताएको हुँदा सेवाभन्दा पनि नाफामुखी अस्पतालको रुपमा सो अस्पताल सञ्चालनमा रहेको पनि सो संगठनले दाबी छ ।

यसैगरी अस्पतालका कार्यकारी निर्देशक तथा संचालक दुर्गा प्रसाईले डा. गोविन्द केसी अभियानका प्रेस संयोजक प्रितम सुवेदीलाई फोन मार्फत गालीगलौज गरेको प्रति पनि लिम्बुवान भोलेन्टियर्सले भत्रसना गरेको छ । विज्ञप्तिमा संचालक प्रसाईले सार्वजनिक रुपमा माफी माग्नु पर्ने संगठनले माग गरेको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...