काठमाडौं । कोरोना संक्रमण दर घट्ने क्रममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
आय ६४९१ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । परिक्षणबाट ४७६२ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ । हालसम्म कोरोना महामारीबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ पुगेको छ ।