खुवालुङ, सुकेटार र आदिवासी रंगशाला बारे बोल्यो प्रदेश १ जसपा, नेपाल

 लिम्बुवान न्युज
                       

दमक। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा किरातीहरुको आस्थाको केन्द्र खुवालुङ भत्काउने, आदिवासी रङ्गाशालालाई नामेट गर्दै मदन भण्डारीका नाउँमा वन विनाश गर्ने र सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी राख्ने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल प्रदेश नं १ समितिले विरोध जनाएको छ । आज जसपा नेपाल प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति जारी गरेर सरकारको सो कदमको विरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ –‘काइते भाषा प्रयोग गरिए पनि यसले पुनः प्रधानमन्त्री ओलीले गत २०७७ फागुन ८ गते बिराटनगरमा आयोजित एमालेको आमसभाबाट किरातीहरुको मुन्धुमी आस्थाको केन्द्र खुवालुङलाई क्रेन लगाएर भत्काउने भनी दिएको अभिव्यक्तिलाई नै कार्यान्वयन गर्न खोजिएको प्रष्ट हुन्छ । ओली सत्ताको यस प्रयासलाई जुनसुकै मूल्यमा पनि सफल हुन नदिने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं ।’

‘रविन्द्र अधिकारी र आङछिरिङ शेर्पाले सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको लागि कुनै योगदान नरहेको भन्दै विज्ञप्तिमा हेलिकप्टरमा दुर्घटना भएको भन्दैमा मनोमानी तवरले गरिएको यो निर्णय तत्काल फिर्ता लिन र सुकेटार विमानस्थल र निर्माणाधीन चुहानडाँडा विमानस्थलको नाम यथावत कायम गर्न माग गर्दछौं’– विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जारी विज्ञप्तिमा आदिवासी रङ्गाशाला निर्माण गर्ने सहमति बमोजिम किरातीहरुले पुर्खाको चिहान भत्काउन राजी भएको र पछि ओलीले राजनीतिक बेइमानी गरेर मदन भण्डारी नामाकरण गरिएको भन्दै साविककै स्थानमा आदिवासी रङ्गाशाला निर्माण गर्न जोड दिइएको छ ।

जसपा प्रदेश १ ले संसद् बिघटन गरेर अध्यादेशबाट बजेट ल्याइएकोमा उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै निन्दा र भत्र्सना गरेको छ । बजेट भाषण नेकपा एमालेको चुनावी घोषणा–पत्र झैं ओली सत्ताको महत्वकांक्षी र पार्टीका नेता कार्यकर्ता लक्षित नीति कार्यक्रमहरु प्रस्तुत भएको टिप्पणी गर्दै जसपाले यसलाई सत्ता कब्जाको संकेत भनेको छ ।

आगामी दिनमा ओली सर्वसत्तावादका विरुद्ध हुने संघर्ष र प्रतिरोधका लागि सबै एकजुट भएर उत्रन पार्टी मातहतका समिति, कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई निर्देशसमेत गरेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;