लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा २९६ मत खसेकाेमा पाण्डेयले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ पनि १ मत बदर भएको छ । पाण्डेयले ४,१४० मतभार प्राप्त गरे भने प्रतिद्वन्दी खड्काले ३,६१२ मतभार प्राप्त गरे ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान पश्चात लगत्तै मतगणना गरेर अन्तिम नतिजा घोषणा गरिएको थियो ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता भएपनि २९६ मत खसेको हो । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । विजयी पाण्डेयलाई माओवादी, जसपा र जनमोर्चाको समेत समर्थन रहेको थियो ।

यसअघि बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई कांग्रेस, माओवादी, जसपा गठबन्धनका स्वतन्त्र उम्मेदार खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उपनिर्वाचनबाट एमालेलाई ठूलो झड्का लागेको विश्लेषकहरुले बताएका छन् ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;