खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

 लिम्बुवान न्युज
                       

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले जनाएका छन् ।

प्रतियोगितामा पाँचथरका मचिन्द्र लोवा (सेमी) प्रथम भएका थिए उनले नगद १ लाख १०५ रुपैयाँ हात पारेका छन् । त्यसैगरी द्वित्तीय पुरस्कार जित्दै इलाम माङसेबुङका मनिभक्त राईले ५० हजार १०५ रुपैयाँ पाएका छन् भने इलामकै सुर्योदय नगरपालिका १ का अन्जिला अर्पणा थामीले २५ हजार १०५ रुपैयाँ र झापा दमकका अवि चेम्जोङले सान्तवना पुरस्कार १० हजार १०५ रुँपैयाँ हात पारेका छन् ।

५६ वटा कविताहरु मध्येबाट दोस्रो चरणमा १६ वटा कविता छनौट गरी सोही कविताहरु मध्येबाट पब्लिक च्वाइस र जजहरुको मूल्याङकनको आधारमा विजेताहरुको छनौट गरिएको थियो ।

पुरस्कार वितारण कार्यक्रममा प्रमुख अतिथि संघीय लेखक मञ्चका अध्यक्ष मधु केरुङ्ले विजयी कविहरुलाई शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा विशेष अतिथि संघीय लेखक मञ्च केन्द्रिय बरिस्ठ उपाध्यक्ष तथा कवि आदरणीय ब्यक्तित्व पुष्पहाङ लोरिङ्देन लोवा, पहिचानवादी कवि इक्साहाङ चेम्जोङ, संघीय लिम्बुवान मञ्च पाँचथरका पुर्ब अध्यक्ष तथा साहित्यकार सागर केरुङ, संघीय लेखक मञ्च नेपालका केन्द्रिय महासचिव साङ्सेन जितेन पन्धाक, संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाका नेताहरुको सहभागिता रहेको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमको संयोजन मलेसियाबाट लेखक मञ्च मलेसियाका अध्यक्ष तथा अनलाइन कविता प्रतियोगिताका संयोजक जनम लिङ्दमले गरेका थिए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...