चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

 लिम्बुवान न्युज
                       

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने भन्दै असन्तुष्टि जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले विमानस्थल निर्माणमा बजेट आउनु राम्रो हो तर नाम परिवर्तन गरेर आङ्छिरिङ विमानस्थल बनाउने उल्लेख गरिनु गलत भएको बताए । यो नाम स्थानीयको मौलिकता र ऐतिहासिकतासँग नजोडिने लिम्बुको भनाइ रहेको छ । सबैसँग छलफल गरेर साझा धारणा बनाएर जानुपर्नेमा कुनै छलफल नै नगरी नाम परिवर्तन गर्ने घोषणा गरिएकोमा अध्यक्ष लिम्बुले असन्तुष्टि जनाए । ‘विमानस्थलको नाम यहाँको ऐतिहासिकतासँग जोडिएन,’ अध्यक्ष लिम्बुले भने, ‘नाम राख्ने बारेमा एकपटक पनि सोधिएन ।’ बिनापरामर्श र स्थानीयसँग कुनै साइनो नै नभएका व्यक्तिको नाम राखिने उल्लेख गरिनुले शंका जन्माएको उनले बताए । ‘यसको पछाडि केही नकारात्मक पक्ष छन् कि भन्ने आशंका जन्मिएको छ‚’ प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको क्षेत्रमा बन्न लागेको विमानस्थलको नाम स्थानीयको इतिहाससँग नमिल्दो राख्ने घोषणा गरिनु स्थानीयबासीको भावनाविपरीत भएको उनले बताए ।

‘भोलिका दिनमा यही नामको कुराले मूल विवाद निम्त्याउनेछ,’ उनले भने, ‘स्थानीय ऐतिहासिकताको आधारमा विमानस्थलको नामाकरण गरिएको भए सबैले अपनत्व लिन्थे ।’ विमानस्थल निर्माणको काम पुरा भएपछि नाम फेरिएरै छाड्ने उनले दाबी गरेका छन् । ‘अहिले तत्काल नामले विवाद गर्नुपर्ने जरुरी देख्दिनँ,’ उनले भने, ‘पहिला विमानस्थल निर्माणको कामले पूर्णता पाउनुप¥यो, काम शुरु नहुँदै नामको विषयलाई लिएर विवाद गर्न थाल्यो भने भोलि समस्या आउनसक्छ, प्रारम्भिक चरणमै विवाद गर्नु राम्रो होइन ।’ कोभिड महामारीका कारण कसैसँग छलफल नभएकाले गाउँपालिकाको तर्फबाट कसरी अघि बढ्ने भन्ने बारेमा कुनै निर्णय नभएको अध्यक्ष लिम्बुले बताए ।

गत जेठ १५ गते अध्यादेश मार्फत आएको बजेट भाषणमा बजेट भन्दा पनि एतिहासिकतासँग जोडिएका सांस्कृतिक धरोहर भत्काउने र पहिचानसँग जोडिएका नामहरुको नामेट गर्ने सरकारको नीति प्रति चर्को बहस शुरुभएको छ । खुवालुङ अतिक्रमण, आदिवासी रंगशालाको बजेट स्तान्तरण, सुकेटार विमान स्थल लगायतका विषयमा सरकारको आलोचना बढ्दैगएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...