डब्ल्यूएचओद्वारा चीनको अर्को खोप सिनोभ्याकलाई अनुमति, १८ बर्ष माथिकाले लगाउन मिल्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति प्रदान गरेको हो ।

चीनमै निर्मित अर्को सिनोफार्म खोपलाई यसअघि नै डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको यो खोप १८ वर्ष माथिकालाई मात्र लगाउन मिल्ने सिफारिस गरिएको जनाइएकाेछ । यो खोप पनि दुई डोजनै लगाउनु पर्नेछ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।

यो खोपलाई दुई देखि आठडिग्री सेल्सियस तापक्रममा भण्डार मिल्ने भएको हुँदा घरको चलनचल्तीमा प्रयोग गरिने फ्रिजमा राख्न मिल्ने भएको हुँदा यो खोपलाई विहासोन्मुख देशहरुलाई सहज हुने डब्ल्यूएचओले जनाएको छ । कम तापक्रममा पनि खोप भण्डार गर्न मिल्ने भएको हुँदा सहज हुने विश्वास गरिएको हो ।

डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । यो खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भए अस्पतालमा भर्न हुनुपर्ने अवस्थालाई रोक्ने अध्ययनले देखाएको छ । यो खोप डब्ल्यूएचओले अनुमति दिनु अघि नै चीनका साथै ब्राजिल, चिली, मेक्सिको, इन्डोनेशिया, टर्की र थाइल्याण्ड लगायत देशहरुमा प्रयोग भइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;