कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट संकलित हङकङ डलर २९३० को नेपाली ४० हजार ६२५ रुपैयाँ प्रदान गरिएको हो ।

ताप्लेजुङमा जन्मिएका बिरामी लिम्बुले रोजगारीको शिलशिलामा मलेशियामा ८ बर्ष बसेर घर फर्कने क्रममा विरामी भएपछि अस्पतालमा चेकजाँच गर्दा नसा सुक्ने रोग ट्रान्सफर माइर्लाटिज नामक रोगले शरीरको कम्मरमुनीको कुनै पनि अङ्ग नचल्ने रोग लागेपछि आजभन्दा ४ बर्ष अघि सन् २०१६ मा नेपाल आएको बताए ।

उपचारको क्रममा हालसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको विरामी लिम्बुले बताए । भएको घर जग्गा समेत सकिएको हुँदा अहिले उपचार गर्ने क्रममा अप्ठारो परेको उनले भने । विराटनगरको विभिन्न अस्पताल र काठमाडौंमा समेत उपचारको क्रममा पुगेका लिम्बुको बेलाबेला घाउँ बल्झिने र रगत बग्ने समस्याले सताउने बताए । नसा पुरै सुकेको हुँदा रोग पूर्णरुपमा निको हुन नसकेपनि फिजियोथेरापी लगायतको उपाचार पाए अलि सहज हुन्छ भन्ने लागेको विरामी लिम्बुले बताए ।

विरामी लिम्बुले हालसम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीय जनप्रतिनिधि मार्फत सहयोगको अपेक्षा राखेका लिम्बुले यो कोरोना महामारीपनि कहिकतैबाट राहात नपाएको बताएका छन् ।

दमकमा विगत १० बर्ष देखि व्यवसाय गरेर बसेका समाजसेवी व्यवसायी भवानी थेगिमको हातबाट सो रकम बुधबार विरामी लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

भिडियाे तल हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...