मोरङ प्रहरीद्वारा हत्यामा संलग्नहरुको पक्राउ गरि सार्वजनिक

 लिम्बुवान न्युज
                       

विराटनगर। मोरङ प्रहरीले हत्या संलग्नका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । केराबारीस्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको हो ।

गत बैशाख ८ गते शिकार खेल्ने क्रममा गाँउपालिकास्थित बाँसघारी खोप सहकारी राष्ट्रिय वनमा ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो ।

मोरङ् प्रहरीको अनुसार घटनामा २६ वर्षीय रुविन लिम्बू, ३७ वर्षीय गजेन्द्रबहादुर राईसहित १० जनाको समूह रहेको प्रहरीले जनाएको छ । रुविन र गजेन्द्रलाई घटना घटेको भोलिपल्ट बैशाख ९ गतेनै प्रहरीले पक्राउ गरेका थिए । फरार रहेकामध्ये ४ जना केराबारी गाँउपालिका ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धविर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बूलाई जेठ १९ गते नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखि अनुसन्धान भईरहेको थियो ।

प्रहरीले उनीहरुको साथबाट शिकार खेल्दा प्रयोग गरिएको चार थान भरुवा बन्दुकसमेत बरामद गरेको छ । बैशाख ८ गते शिकार खेल्दै गर्दा राती करिब ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली हस्तलाई लागेको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;