काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । शुक्रबारको छलफल पश्चात जसपाका बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकामा जान लागेको हो ।
बरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएकाछन् ।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय जिम्मेवारी पाउने भएका छन् ।
यसरीनै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मियालाई वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी पाउने जसपाका एक नेताले बताए छन् ।
त्यस्तै जसपाले दुई राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने जनाएको छ ।